पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) को ७८ लाख ८४ हजार कित्ता संस्थापक सेयर फागुन २३ गते सोमबारदेखि सर्वसाधारण सरह कारोबार हुने भएको छ ।
कम्पनीका अनुसार फागुन २३ गतेदेखि पाँचथर पावर कम्पनी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीकोहरुको कुल ७८ लाख ८४ हजार ३४८ कित्ता सेयरको तीन वर्षको लकिङ अवधि सकिन लागेको हो ।
कम्पनीले सञ्चालन गरेको १४.९० मेगावटको हेवाखोला ए जलविद्युतमा लगानी गरेका संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ७७ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा बाँडफाँड भएको १ लाख ७४ हजार ७५० कित्ता र कर्मचारीको लागि बाँडफाँड भएको ९ हजार ५९८ कित्ता सेयरको लकिङ पिरियड सकिएको हो ।
संस्थापक तथा आरक्षण गरिएको सेयरको लकिङ पिरियड सकिएसँगै उक्त सेयरहरु फागुन २३ गते सोमबारदेखि सर्वसाधारणमा परिणमा खरिद बिक्रीको निमित्त परिणत हुने भएको हो । उक्त जानकारी कम्पनीले फागुन १० गते नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, बिक्री प्रबन्धक सानिमा क्यापिटललाई समेत जानकारी दिएको छ ।
पाँचथर पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा २०७५ फागुन १३ देखि फागुन १७ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेर फागुन २३ गते बाँडफाँड गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया