
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज अर्थात फागुन १५ गते आइतबार कार्यालय समयसम्म आवेदन गर्न सकिन्छ ।
लघुवित्तले फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता लघुवित्तका कर्मचारीहरुका लागि र सर्वसाधारणमा जारी भएको सेयरको ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको छ ।
लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा मेरोसेयरको मोबाइल एप, वेबसाइट तथा स–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मर्फत आवेदन दिन सकिने लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल १७ करोड २१ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपीओ बिक्रीपछि २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
कति पर्यो आवेदन ?
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार फागुन १३ गते शुक्रबार ३ बजेसम्ममा १८ लाख ६९ हजार ९४५ वटा आवेदनबाट २ अर्ब १६ करोड ६८ लाख ६१ हजार रुपेयाँ बराबरको २ करोड १६ लाख ६८ हजार ६१० कित्ता सेयर खरीदको माग परेको हो । जुन सर्वसाधारणबाट माग भएको सेयर संख्या (७ लाख ७४ हजार ५३६ कित्ता) को २७.९८ गुणा बढी हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया