भारतका बोम्बे स्टक एक्सेन्ज (बीएसई) र नेशनल स्टक एक्सेन्ज(एनएसई)ले सेयर खरिद बिक्रीमा टी+१ को राफसाफ प्रणाली सुरु गरेका छन् । दुबै एक्सचेन्जले शुक्रबार देखि कारोबार भएपछि एक दिनमा नै राफसाफ हुने प्रणाली अभ्यासमा ल्याएका हुन ।
.jpg)
सेयर कारोबारको राफसाफ अर्थात खरिदकर्तालाई सेयर र बिक्रीकर्तालाइ पैसा भुक्तानी दिन ढिलाई हुँदा अन्तराष्ट्रिय लगानीकर्ताहरु झन्झटमा परेको गुनासो आएपछि भारती पुँजी बजारको नियामक सेक्यूरीटीज एण्ड एक्सचेन्ज(सेवी)ले स्टक एक्सेन्जहरुलाई टी +१ प्रणाली लागु गर्न सल्लाह दिएको थियो । सोही बमोजिम सुरुमा बोम्बे स्टक एक्सेन्ज र नेशनल स्टक एक्सेन्जले यो नियम लागु गरेका छन्।
टी+१ प्रक्रिया के हो र यो नियम अवलम्बन हुँदा लगानीकर्तालाई कसरी सहज हुन्छ भन्ने जानकारी लिनुको लागि यसको अन्त्य सम्म पढ्नुहोस्् । यदि तपाईले सेकेन्डरी स्टक मार्केटमा सेयर खरिद बिक्री गर्नुहुन्छ र सेकेन्डरी मार्केटमा कारोबार गर्ने चाहाना राख्नु भएको छ भने तपाईले सेटलमेन्ट प्रक्रियाको बारेमा बुझ्नु पर्ने हुन्छ ।
सेटलमेन्ट वा राफसाफ प्रक्रिया भनेको के हो त ?
सेयर किन्ने व्यक्तिको डीम्याट खातामा सेयर आउने र बिक्री गर्ने व्यक्तिको बैंक खातामा पैसा जम्मा हुनको लागि लाग्ने समय भनेको नै सेटलमेन्ट प्रक्रिया हो । अहिले भारतमा सेटलमेन्ट समय कारोबारपछि दुई दिनको छ अर्थात खरिद कर्ता र बिक्री कर्ताको बीचको कारोबार दुई कार्यालय दिन भित्रमा राफसाफ हुने गरेको छ । टी+२को नियम भारत धितोपत्र बोर्डले सन् २००३को अप्रिलबाट अपनाउँदै आएको थियो । त्यसअघि भारतमा टी+३को नियम थियो जसअनुसार शेयर किन्नेको तीन दिनमा खातामा शेयर जान्थ्यो भने बिक्री गर्नेको बैंक खातामा शेयर बराबरको पैसा जान्थ्यो ।
अहिले भने एकै दिनमा वा शेयर अर्डर गरेको २४ घण्टामा शेयर र शेयर रकम पाउन सकिन्छ । हाल यो नियम अवलम्बन गर्ने बीएसई र एनएसई रहेका छन् । ढिलोचाँडो अरु स्टक एक्सेन्जले पनि यो विधि अपनाउने आशा सेबीले गरेको छ ।
टी+१ सेटलमेन्ट प्रक्रिया किन आयो त ?
गत वर्ष सेबीले वार्षिक कार्यतालिका बनाउदै गर्दा, लगानीकर्ताहरुबाट सेटलमेन्ट समय छोटो बनाउन अनुरोध आएको थियो । त्यस लगत्तै नयाँ सेटलमेन्ट नियम ल्याउने कि पुरानैलाई अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो । जस पश्चात बीएसई र एनएसईले सन् २०२२को फेब्रूअरी महिनाबाट चरणबद्ध रुपमा लागु गर्ने जानकारी दिए । सोही अनुसार बीएसई र एनएसईले टी+१ को अवधारणा लागु गरेका छन् । लगानीकर्ताहरुलाई छोटो समयमा सेवा–सुविधा उपलब्ध गराउन र भुत्तानीमा आउने समस्याहरु समाधान गर्ने उद्देश्यले टी+१ प्रक्रिया अघि बढाइएको छ ।
नेपालमा पनि नेपाल धीतोपत्र बोर्डले टी+२को सेटलमेन्ट प्रणाली अपनाउँदै आएको छ । विसं २०७७ को माघ महिना अघिसम्म टी+३ को सेटलमेन्ट प्रणाली अवलम्बन गरेको नेपाल स्टक एक्सेन्जले २०७७को माघ ११ पछि टी+२ को सेटलमेन्ट प्रणाली अघि बढाएको थियो । पछिल्लो समयमा नेपाल स्टक एक्सेन्जमा पनि टी+१ को सेटलमेन्ट प्रणालीका चुनौती र सम्भावनाको विषयमा अध्ययन भएको छ । सो अध्ययनले धितोपत्र बजारका पुर्वाधारलाई ध्यानमा राखेर ‘टि प्लस वान’ गर्न सकिने सुझाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया