नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित हुँदा एकतर्फी मात्र सञ्चालनमा आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको छ । थप ढुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने उनले जानकारी दिए। यो सडक पहिरोका जोखिममा रहेकाले यात्रा गर्दा सावधानीपूर्वक गर्न उनले आग्रह गरे।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  ०८ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।