सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला १ हजार ८०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ४ हजार ३६० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार ४५ रुपैयाँले घटेर ४ हजार ३१५ रूपैयाँ कायम भएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४३.३६ अमेरिकी डलर र चाँदी ५७.६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।