
रुस युक्रेन बीचको भएको युद्ध रोक्ने विषयमा भएको वार्ताले सकारात्मक मोड लिन नसकेपछि विश्व बजारमा पहेँलो धातु सुनको मूल्य आकासिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मुल्य बढेर एक लाख नजिक पुगेको छ । महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन एकैदिन तोलामा १ हजार ९०० रुपैयाँले बढेको हो । बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाला सुन तोलाको ९७ हजार ६०० रुपैयाँ र तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुन संगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदी तोलामा ४० रुपैयाँले बढेको हो ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेर कारोबार भएको थियो । मंगलबार चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ९३३ डलर तथा चाँदी प्रतिऔंस २४.९८ डलरमा कारोबार भैरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया