
रुस युक्रेन बीचको भएको युद्ध रोक्ने विषयमा भएको वार्ताले सकारात्मक मोड लिन नसकेपछि विश्व बजारमा पहेँलो धातु सुनको मूल्य आकासिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मुल्य बढेर एक लाख नजिक पुगेको छ । पछिल्लो एक सातामा मात्रै सुनको भाउ १ हजार ९०० रुपैयााले बढेको हो । गत शुक्रबार छापावाल सुन तोलाको ९८ हजारमा कारोबार भएको थियो ।
महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन एकैदिन तोलामा ९०० रुपैयाँले बढेको हो । शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ४०० रुपैयाँ तोकिएको छ ।
बिहीबार छापावाला सुन तोलाको ९९ हजार रुपैयाँ र तेजावी सुन ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ बढेपनि चाँदीको भाउ भने आज स्थीर रहेको छ । आज पनि चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँ कायम भएको छ । बिहीबार ५ रुपैयाँले बढेर चाँदी आजकै मूल्य अर्थात तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ९३९ डलर तथा चाँदी प्रतिऔंस २५.२१ डलरमा कारोबार भैरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया