अपि पावरको हकप्रद सेयर धितोपत्र बोर्डबाट स्वीकृत

0
Shares

अपि पावर कम्पनी लिमिटेड (API) को हकप्रद सेयर स्वीकृत भएको छ ।

बोर्डले बिहीबार कम्पनीलाई १० बराबर ३.९३२६९२६ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । जस अनुसार कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता सेयर जारी गर्नेछ ।

अपिले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७८, शुक्रबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।