साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ८.३६ अंकले बढेर हरियाली छाएको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १७ कम्पनी मध्ये १६ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।
यस अवधिमा १७ कम्पनी १२ हजार ८०६ कित्ता सेयर ६६ लाख ५९ हजार १०३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज १७ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने कुनैपनि कम्पनीको सेयरमूल्य घटेको छैन । एक कम्पनीको मूल्य स्थीर रहेको छ ।
नेप्से ८.३६ अंकले बढेसँगै सूचक २ हजार ५७५ दशमलव २७ बिन्दुमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया