प्रि ओपनिङ्ग हरियाली, नेप्से साढे ५ अंकले बढ्यो

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ५.४३ अंकले बढेर हरियाली छाएको छ ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १४ कम्पनी मध्ये १३ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।

यस अवधिमा १५ कम्पनी ६ हजार ७७८ कित्ता सेयर १करोड ३ लाख ९८ हजार १९३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज १५ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

नेप्से ५.४३ अंकले बढेसँगै सूचक २ हजार ६७३ दशमलव ५५ बिन्दुमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ चैत्र २०७८, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।