
नेको इन्स्योरेन्स कम्पनी लिमिटेड (NIL) को चैत १ गते मंगलबार सेयरमूल्य समायोजन भएको छ ।
चैत ९ गते आह्वान गरिएको वार्षिक साधारण सभाका लागि मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस सेयर समायोजन गरी नयाँ मूल्य तोकेको हो ।
बोनस समायोजनपछि नेप्सेले प्रतिकित्ता १ हजार ४३ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । समायोजित सेयरमूल्यलाइ आधार मानेर नेकोको मंगलबार धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेको छ । सोमबार नेकोको सेयर प्रतिकित्ता १ हजार २०० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
सभा प्रयोजनका लागि कम्पनीले आज चैत १ गते मंगलबारदेखि बुकक्लोज गरेको हो । बुकक्लोज अनुसार फागुन ३० गते सोमबारसम्म सेयर खरीद गरेर कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०.७९५ नगद लाभांश वितरण गर्ने लगायतका अन्य प्रस्तावहरु अनुमोदन गर्न चैत ९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको केन्द्रीय कार्यालय बिमा भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा बोलाइएको छ ।
नेको इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा आह्वान
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया