गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन

0
Shares

गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुबै कम्पनीको बुकक्लोजसँगै सेयरमूल्य समायाजन गरिएको हो ।

नेप्सेका अनुसार गरिमा विकास बैंक (GBBL) को १६ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ४८१.०३ रूपैयाँ सेयरमूल्य तोकेको हो , नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५५८ रूपैयाँका आधार मानेर बोनस समायोजन गरि मूल्य समायोजन गरेको हो ।

यस्तै एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) को १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७९९.०९ रूपैयाँ निर्धारण गरिएको छ । नेप्सेले इन्स्योरेन्सको बुधबार कायम अन्तिम कारोबार मूल्य ८७९ रूपैयाँका आधारमा बोनस समायोजन गरि मूल्य तोकेको हो ।

गरिमा विकास बैंक लिमिटेडले बुधबार तथा एनएलजी इन्स्योरेन्स कम्पनीले आइतबार साधारण सभा तथा लाभांश वितरणका लागि बुकक्लोज गर्दैछ । सरकारले आज फागु पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएका कारण बुधबारको अन्तिम मूल्यका आधारमा दुबै कम्पनीका सेयरमूल्य समायोजन गरिएको हो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ चैत्र २०७८, बिहिबार  १४ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।