नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NBBC) ले चैत १० गतेदेखि सर्वसाधारण र संस्थापक समूहको गरी अवितरित कुल १ लाख ४५ हजार कित्ता हकप्रद सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहतर्फको १३ हजार ६५१ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्न खोजेको हो ।
बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद बिक्री खुला गर्दा वितरण हुन नसकेको उत्तः सयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागिएको हो ।
उक्त सेयर खरीदका लागि इच्छुक लगानीकर्ताले चैत १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम मूल्य १०० रुपैयाँलाई आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त सेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने सूचनामा उल्लेख छ ।
बोलपत्र बिक्री प्रबन्धकसँगै ग्लोबल आईएमई बैंकका शाखा कार्यालय विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी, महेन्द्रनगरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।
बैंकको सेयर विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया