
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको स्थायीत्वका लागि नागरिक स्टक डिलरलाई भुमिका खेल्न आग्रह गरेका छन् ।
नागरिक लगानी कोषको ३२ औं वाषिकउत्सोव कार्यक्रममा बोल्दै उनले नेपालको बजार स-साना घटनाक्रम तथा हल्लाहरुबाट सञ्चालित भैरहेको भन्दै बजारलाई व्यवस्थीत बनाउन अविभाकत्व निर्वाह गर्न आग्रह गरे । व्यक्तिगत तवरबाट बजारमा चलखेल बढेकाले संस्थागत लगानीकर्ताको रुपमा डिलरलाई पूँजी बजारमा लगानी बढाउन उनले आग्रह गरे ।
उनले भने, “ अहिले नेपालको बजार जसरी व्यक्तिगत रुपमा फैलिरहेको छ, विकसित भैरहेको छ । घरघरमा पुगिरहेको छ, यो अवस्थामा बजारमा अविभाकत्व निर्वाह गर्नसक्ने संस्थाको पनि जरुरी हुन्छ । नागरिक लगानी कोषसँग ठूलो रकमको कोष रहेको छ । अहिले सामाजिक सञ्जालको युगमा स साना घटनाक्रम, हल्लाहरुले पनि बजारमा प्रभाव परिरहेको छ । त्यस्तो हुनु भएन । नागरिक लगानी कोषको जुन कोष छ, त्यो कोषको इफेक्टिभ डिलरसीपको जुन योगदान हुन्छ र त्यसले बजारमा आउने उतारचढावलाई काम गर्न सक्छ ।”
उनले सेयर बजारको स्थायित्वका लागि नागरिक स्टक डिलरले भुमिका खेल्न नेपाल धितोपत्र बोर्डले गर्नुपर्ने सहजीकरण र सहकार्यका लागि सधै तयार रहेको बताए । उनले भने, “ हामी सँगै मिले गयौं भने नागरिक लगानी कोषले बजारको स्थायित्वका लागि, सेयर बजारलाई व्यवस्थीत गर्नका लागि ठूलो भुमिका खेल्न सक्छ । सेबोनले गनुपर्ने सहकार्यमा हामी तयार छौं ।”
पछिल्लो समय साक्षरतादर ७० प्रतिशत हाराहारी पुगेपनि वित्तीय साक्षरता १८ प्रतिशतभन्दा मुनी रहेको बताउँदै उनले सेयर बजारको स्थायित्वका लागि पनि वित्तीय सारक्षता अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । वित्तीय साक्षरता अभिवृद्धिमा नागरिक लगानी कोषको ठूलो सहयोग हुनसक्ने भन्दै उनले सघाउन आग्रह गरे । वित्तीय सारक्षता बढाउने उदेश्यका साथ बोर्डले क्यापिटल मार्केट इष्टिच्यूट खोल्ने निर्णय गरेको उनको भनाई छ ।
सेबोन अध्यक्ष हमालले पूँजी बजारसँगै नागरिक लगानी कोषलाई आफुसँग रहेको पूँजी बैंकिङ्ग क्षेत्रमा राखेर ब्याज आर्जन गर्नेभन्दा नेपालको समग्र आर्थिक तथा पुर्वाधार विकासमा पूँजी परिचालन गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा आफ्नो धारण राख्दै उनले नागरिक लगानी कोषसँग रहेको पूँजीलाई विकासका राम्रा उपयुक्त आयोजनाहरुमा उपयोग गरेर ती आयोजनाहरुमा लगानी गर्नका लागि कुनै व्यवस्था (इन्टुमेन्टस् टुल्स) को निर्माण र विकास गर्नुपर्ने बताएका हुन् । पुर्वाधारहरुको विकास हुन सकेको खण्डमा त्यसले देशमा मल्टिप्रायर इफेक्ट ल्याउने र त्यसका लागि कोषको पूँजीले ठूलो टेवा दिनसक्ने उनले बताए ।
पछिल्लो समय धेरैजसो कम्पनीहरुमा संस्थागत सुशासन नभएको बताउँदै सेबान अध्यक्ष हमालले बजारमा सहभागि सबै संस्थाहरुमा पनि संस्थागत सुशासन ल्याउन बोर्डको ध्यानाकर्षण भएको उल्लेख गरे । कार्यक्रममा अध्यक्ष हमालले सेयर बजारलाई व्यवस्थित गर्न पनि संस्थागत सुशासन आवश्यक भएको बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया