विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

0
Shares

फोटो स्रोतः नेपालका अर्थशास्त्री डा. देवेन्द्रराज पाण्डेको ट्वीटरबाट साभार

संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ ।

दक्षिण एसियाली मुलुकमा नेपाल ८५ औं स्थानमा रहेको छ भने भारत १३६ औं स्थानमा पुगेको छ । गत वर्ष भारत १३९ औं स्थानमा थियो । दक्षिण एसियाका खुसी देशको सूचीमा बङ्गलादेश ९९ औं र पाकिस्तान १०३ औं नम्बरमा पुगेको छ ।

सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२ औं नम्बरमा रहेको छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ । फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ५ चैत्र २०७८, शनिबार  १७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।