नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेबोनबाट स्वीकृत

0
Shares

नेपाल फाइनान्स कम्पनी लिमिटेड (NFS) ले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

फाइनान्सले चैत ८ गते मंगलबार हकप्रद जारी गर्न बोर्डबाट अनुमति पाएको हो । गत कार्तिक १ गते नियामक निकाय धितोपत्र बोर्डसँग फाइनान्सले हकप्रदको अनुमति मागेको थियाे ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.७० कित्ता अनुपातमा १ सय रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

नेपाल फाइनान्स कम्पनीको भदौ २६ गते शनिबार सम्पन्न २८ औं वार्षिक साधारण सभाले ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम हुने चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

ललितपुर फाइनान्सलाई प्राप्ति पछि नेपाल फाइनान्सको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रूपैयाँ पुगेको छ । ७० प्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५३ रुपैयाँ पुग्नेछ ।

फाइनान्सले हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धक प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको नेपाल फाइनान्सले चालु आथ्र्रिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिसेयर आम्दानी १३.४९ रुपैयाँ कायम गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ चैत्र २०७८, बुधबार  ११ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।