जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ७३.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । उक्त लाभांश पाउन आज ( चैत १० गते बिहीबार) सम्म सेयरधनी कायम भैसकेको हुनुपर्छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १२ गते शनिबार सेयर दाखि खारेजी (बुकक्लोज) गर्दैछ । बुकक्लोज अनुसार बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीहरु मत्र लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन योग्य हुनेछन् ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.६८ प्रतिशत नगद गरी कुल ७३।६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
सभाले जीवन विकास लघुवित्त र अन्य लघुवित्तसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
यस्तै लघुवित्तको अधिकृत पूँजी एक अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ र जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँबाट एक अर्ब ३ करोड रुपैयाँ पुर्याउने प्रस्ताव समेत सभामा रहेको छ ।
सभाबाट लघुवित्तको सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेगरी सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने एजेण्डा छ ।
लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले चैत २५ गते संस्थाको केन्द्रीय कार्यालय, कटहरी, मोरङ्गमा बिहान साढे १० बजे तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ५ हजार १५३ रुपैयाँ हाराहारीमा खरीद बिक्री भैरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया