नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ पहिलो कारोबार नै ७८२ रुपैयाँसम्म खुल्नसक्ने भएको छ ।
सेयर सूचीकरणपछि नेप्सेले संस्थाको पहिलो कारोबारका लागि न्यूनतम २६०.८४ रुपैयाँ देखि अधिकतम ७८२.५२ रुपैयाँसम्म ओपनिङ रेञ्ज दिइएको हो ।
आइतबार आईपीओ सूचीकृतसँगै नेप्सेले लघुवित्तको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार नेप्सेले नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।
लघुवित्तको सेयर एनइएसडीओ (NESDO) संकेतमा कारोबार खुला हुनेछ ।
लघुवित्तले आइतबार नेपाल स्टक एक्सचेञ्जमा चुक्ता पूँजीका आधारमा कायम कुल २५ लाख ५० हजार कित्ता सेयर सूचीकरण गराएको हो । आइतबार सेयर सूचीकृत भएसँगै संस्थाको आईपीओ आज ( चैत १४) देखि दोश्रो बजारमा लगानीकर्ताले कारोबार गर्न सक्नेछन् ।
लघुवित्तले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गरेको थियो ।
आईपीओ भाग्यमानी ७७ हजार ४५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । सेयर पाएकामध्ये ३ जनाले थप एक।एक कित्ता गरी ११ कित्ता पाएका थिए । आईपीओमा अन्तिम दिनसम्ममा २५ लाख २७ हजार १ सय १ जनाबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताका लागि आवेदन परेको थियो । २५ लाख २२ हजार ९ सय ५५ जना योग्य थिए भने ४ हजार १४६ जनाको आवेदन रद्द थियो ।
लघुवित्तको सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया