गरिमा विकास बैंकको साधारण सभा शुक्रबार, १६ प्रतिशत बोनस अनुमोदन हुँदै

0
Shares

गरिमा विकास बैंक (GBBL) ले चैत १८ गते शुक्रबार पन्ध्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको फागुन २५ गते सम्पन्न सञ्चालक समितिको २७२ औं बैठकले होटल पोखरा ग्राण्ड, विरौटा, पोखरामा बिहान साढे १० बजे सभा डाकेको हो ।

सभाले सञ्चालक समितिको यसअघिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ । बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरेपश्चात कायम पूँजीबाट बोनस वितरणको प्रस्ताव गरेको थियो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कायम चुक्ता पूँजीको ५१ प्रतिशत संस्थापक सेयर कायम गर्न नपुगेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर निष्काशन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विशिन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्ने एजेण्डा रहेको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले चैत ४ गते शुक्रबारदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार चैत ३ गते बिहीबरसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

मर्जरका कारण बैंकले २०७८ कात्तिक २८ गतेसम्म कायम सेयरधनीहरूले बोनस सेयरबापतको कर तिर्नु पन छैन । तर एकीकृत कारोबार पश्चात कायम सेयरधनीहरूले भने कर तिर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत्र २०७८, बिहिबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।