छ्याङ्दी हाइड्रोको लिलामी सेयरको शिलबन्दी बोलपत्र ३ बजे खोलिँदै

0
Shares

छ्याङ्दी हाइड्रोपावर कम्पनी (CHL) को लिलामी सेयरको शिलबन्दी बोलपत्र बिहीबार ३ बजे खोलिँदैछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार क्यापिटलको कार्यालय नक्साल, काठमाडौँमा दिउँसो ३ बजे खोलिन लागिएको हो ।

कम्पनीले चैत्र १ गतेबाट चैत्र ९ गतेसम्म हकप्रदमा अवितरित सर्वसाधारण तर्फको ५९ हजार ८२७ कित्ता हकप्रद लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । उक्त अवितरित हकप्रद सेयरमा परेको बोलपत्रहरू आज खोलिन लागिएको हो  ।

छ्याङ्दी हाइड्रोपावरले माघ ११ गतेदेखि फागुन २ गतेसम्म चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासन गरेको थियो । कम्पनीको धितोपत्रको मूल्य दोस्रो बजारमा प्रतिकित्ता ४२३ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत्र २०७८, बिहिबार  १२ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।