महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।
लघुवित्तका केही संस्थापक सेयरहरू उक्त सेयर बिक्री गर्न निवेदन दिएका हुन् ।
संस्थाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त परिमाणको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्तले पहिलो चरणमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले उनीहरुका लागि आवेदन खुलाएको छ ।
सूचना अनुसार इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको मुख्य कार्यालय, अग्नीसाइर, सप्तरीमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।
तोकिएको समयावधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य लगानीकर्ताका लागि सेयर बिक्री प्रक्रिया अगाडि बढाउनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया