नेप्से २४ अंकले घट्यो, कारोबारमा पनि संकुचन

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २३.९५ अंकले घटेको छ । सूचक घटेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको बजारमा इमर्जिङ्ग नेपाल लिमिटेडको उच्च कारोबार भएको छ ।

बिहीबार सेयर बजार सूचक नेप्से ०.९३ प्रतिशत अर्थात २३.९५ अंकले घटेर २५४४ दशमलव ३० बिन्दुमा झरेको छ ।

ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.६० अंकले घटेर ४७५ दशमलव ४७ बिन्दुमा झरेको छ ।

दिनभर हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रूपैयाँ बराबरको सेयर कारोबारमा आएको छ । कूल २२८ वटा कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता सेयर ३७ हजार ४२९ वटा संख्यामा खरिद बिक्री भएको हो । बुधबार ४० अंकले बढेको बजारमा २ अर्ब २५ करोडको सेयर कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबारमा आएका कूल १३ उपसमूहमध्ये व्यापार बाहेक सबै उपसमुहगत सूचक घटेको छ । सबैभन्दा धेरै घटेको फाइनान्स २.७६ प्रतिशतले घट्दा, होटल २.५१, विकास बैंक २.३१ प्रतिशतले घटेको छ । जलविद्युत, अन्य र जीवन बीमाको सूचक १ प्रतिशत धेरैले घटेको छ ।

इमर्जीङ नेपाल लिमिटेडको सर्वाधिक कारोबार भएको बजारमा ९ करोड २३ लाख ८४ हजार २४८ रूपैयाँको कारोबार भएको छ । एभरेष्ट इन्स्योरेन्सको ८ करोड ९५ लाख र नागरिक लगानी कोषको ७ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

नबिल बैंक, युनियन लाइफ, हिमालयन डिष्टिलरी, नेपाल लाइफ, शिवम् सिमेन्टस्, नेपाल बैंक र अरुण भ्याली हाइड्रोपावर शीर्ष दश ठूलो कारोबार हुने कम्पनीमा समेटिएको छ । दशौं ठूलो कारोबार भएको अरुण भ्याली हाइड्रोपावरको ३ अर्ब ७० करोडको सेयर कारोबारमा आएको छ ।

बिहीबार तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जीङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । तीनवटै कम्पनी हालै मात्र दोस्रो बजारमा कारोबार सुरु भएका कम्पनीहरु हुन् । यी कम्पनीहरुको सेयरमूल्य निरन्तर वृद्धि हुँदै आइरहेको छ ।

बिहीबारको वृद्धिपछि इमर्जीङ नेपालको प्रतिकित्ता सेयरमूल्य १२२४.८० रुपैयाँ, राष्ट्र उत्थानको १३१९.५० रुपैयाँ र नेष्डो समृद्धि लघुवित्तको १०५५.७० रुपैयाँ पुगेको छ ।

आज नारायणी डेभलपमेण्ट बैंक लिमिटेडको सेयरमूल्य सर्वाधिक ४.७९ प्रतिशतले घटेर ४७१ रुपैयाँमा झरेको छ । युनाइटेड मोदी हाइड्रोपावर, युनियन हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र घलेम्दी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ४ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत्र २०७८, बिहिबार  १६ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।