
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (PLIC) ले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।
कम्पनीले गत मंसिर १९ सम्पन्न १४ औं साधारण सभाबाट पारित उक्त बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
इन्स्योरेन्सले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्र भौतिक रुपमा रहेको भए अभौतिक गर्न आग्रह गरेको छ ।
सेयरधनीहरुले भौतिक सेयर प्रमाणपत्र अभौतिक गराएको जानकारी प्राप्त भए पछि सम्बन्धित सेयरधनीको हितग्राही खातामा उक्त बोनस जम्मा गर्ने कम्पनीले जारी गरेकाे सूचनामा उल्लेख गरेको छ ।
इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ, नक्साल वा आफूलाई पायक पर्ने निक्षेप सदस्यमा डिम्याट खाता खोली भोतिक सेयर प्रमाणपत्र जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।
मंसिर १९ आइतबारसम्म सम्पन्न १४ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १० गते बुकक्लोज गरेको थियो । यसअनुसार मंसिर ९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी कायम रहेका लगानीकर्ताहरूले मात्र उक्त लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया