शिखर इन्स्योरेन्सको पौने ५३ करोडको हकप्रद निष्काशन बन्द हुँदै, छुट्यो कि !

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) को ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयरमा आवेदन दिने आज (चैत २१ गते) अन्तिम दिन रहेको छ ।

इन्सयोरेन्सले चैत १ गते मंगलबारदेखि १० कित्ता बराबर नयाँ ३ कित्ता अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५२ लाख ७५ हजार ५७२ कत्ता हकप्रद बिक्री खुला गरेको थियो ।

उक्त हकप्रद सेयरमा माघ २० गतेसम्म नेप्सेमा सेयर कारोबार भइ रहेका इन्स्योरेन्सका लगानकिर्ताहरुले मात्र आवेदन दिन पाउनेछन् ।

हकप्रदमा मेरो सेयर मोबाइल एप, वेवसाइट, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार चैत २० गते साँझसम्म इन्स्योरेन्सको हकप्रदमा २५ हजार ६२५ आवेदकबाट १७ लाख ४२ हजार ४१४ कित्ता सेयरको माग भएको छ । जुन कुल जारी गरिएको ५२ लाख ७५ हजार ५७२ कित्ताको ३३.०३ प्रतिशत हो । कम्पनीको हकप्रदमा अन्तिमको अघिल्लो दिनसम्म न्यून आवेदन परेपनि म्याद नथपिकनै बिक्री प्रबन्धकले हकप्रदको बिक्री भने बन्द गर्न लागेको हो । 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ए’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको शिखर इन्स्योरेन्सको हकप्रद निष्काशनपछि २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत्र २०७८, सोमबार  ०९ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।