नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

0
Shares

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड (NSLB) को २० प्रतिशत लाभांश सुरक्षित गर्ने चैत २२ गते मंगलबार अन्तिम मौका रहेको छ ।

कम्पनीले लाभांशका तथा साधारण सभा प्रयोजनका लागि चैत्र २३ देखि २०७९ वैशाख १० गते सम्म सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

बुकक्लोज अनुसार चैत २२ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

नयाँ सारथी लघुवित्तको फागुन १० गते, मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित उक्त लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल चुक्ता पूँजी २५ करोड ४९ लाख ५४ हजार ४०० रुपैयाँ रहेको लघुवित्त कम्पनीको प्रस्तावित ४ करोड ८४ लाख ४१ हजार २६० रूपैयाँ बोनस सेयर वितरणपछि ३० करोड ३३ लाख ९५ हजार २६० रुपैयाँ पुग्नेछ ।

लघुवित्तले नयाँ सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्ने प्रस्ताव सहित १३ औं वार्षिक साधारण सभा डाकेको छ । आगामी २०७९ वैशाख १० गते दिउँसो ३ बजे प्रधान कार्यालय, धुलिखेलबाट भर्चुअल रुपमा सभा बोलाइएको छ । कम्पनीको २०७८ चैत्र १२ गते शनिवार बसेको सञ्चालक समितिको ३५ औं बैठकको निर्णयानुसार उक्त मितिमा सभा बोलाइएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्रतिकित्ता ११६ रुपैयाँ अंकित दरका ३ लाख २९ हजार ६ सय ४९ कित्ताले हुन आउने ३ करोड ८२ लाख ३९ हजार २ सय ८४ बराबरको एफपिओ निष्काशन गर्न अनुमति माग गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७८, मंगलबार  ०८ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।