विजय लघुवित्तको बोनस नेप्सेमा सूचीकृत

0
Shares

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS)  को बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

लघुवित्त कम्पनीको ५ लाख ३४ हजार २५ कित्ता बोनस सेयर आज धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी नेप्सेमा सूचीकृत भएको हो । बिहीबार सूचीकृत भएसँगै लघुवित्तको बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा प्राप्त भएपछि खरीद बिक्री गर्न सक्नेछन् ।

लघुवित्तको पुस २४ गते शनिबार सम्पन्न नवौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २०.०३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन भएको थियो ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोजअनुसार पुस ११ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र उक्त बोनस लाभांश प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ चैत्र २०७८, बिहिबार  १६ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।