आइएमई जनरलको बोनस समायोजनपछि ६०२ रुपैयाँ सेयरमूल्य निर्धारण

0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड (IGI) को सेयरमूल्य समायोजन भएको छ ।

इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनस सेयरको बुकक्लोजसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार मूल्य समायोजन भएको हो ।

आइएमई जनरलले ७ प्रतिशत बोनस सेयरको समायोजनपछि प्रतिकित्ता ६०२।८० रुपैयाँ मूल्य तोकेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ६४५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । बिहीबारको अन्तिम मूल्यलाई आधार मानेर बोनस समायोजन गरिएको हो ।

अब आइतबार समायोजित सेयरमूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्नेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वैशाख ९ गते लैनचौर बैंक्वेट्स, लैनचौर काठमाडौंमा बिहान १० बजे २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ चैत्र २०७८, शुक्रबार  १० : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।