नेपाल आयल निगमको साधारण सभा आज

0
Shares

नेपाल आयल निगम लिमिटेडले आज (चैत २५ गते) शुक्रबार ४० औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सभाकक्ष, टेकु, काठमाडौंमा दिउँसो १ बजे सभा बोलाएको छ ।

सभाले ४० औं साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७७।७८ को लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

उच्च आयातका कारण देशको ढुकुटीमा विदेशी सञ्चिति रिक्तिँदा तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य व्यापक रूपमा बढेसँगै नेपाल आयत निगम तेलको भुक्तानी गर्न कठीन अवस्थामा पुगेको छ । दैनिक नोक्सानी ३१ करोड रुपैयाँ रहेको निगम बताउँछ । भुक्तानीकै लागि निगमले अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजतामा निगमले राष्ट्रिय वाणिज्य बैंकबाट दुई अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया समेत अगाडि बढाएको छ ।

हाल नेपाली बजारमा प्रतिलिटर पेट्रोलको मूल्य प्रतिलिटर १६० र डिजेलतथा मटितेलको मूल्य १४३ तथा आन्तरिक हवाई इन्धनको १५६ रुपैयाँ निर्धारण गरिएको छ । अन्तराष्ट्रिय हवाई इन्धनको प्रतिकिलोलिटर १ हजार ५४५ पुरयाइएको छ ।

गत साता इन्डियन आयल कर्पोरेसन आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा बजार मूल्य निर्धारण गर्दा पेट्रोलको झन्डै १८३ प्रतिलिटर, डिजेलको १७१, मट्टितेलको १३६, हवाई इन्धनको १८० र एलपी ग्याँसको २ हजार ५२५ पुगेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा २०७७ पुसबाट पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको थियो ।

आईओसीबाट प्राप्त मूल्यमा बजारमा तेल बिक्री गर्ने हो भने निगम घाटा वा नाफा बिना सहज रूपमा तेल आपूर्ति गर्न सक्ने बताइन्छ । नेपालमा प्रत्येक दिन दैनिक करिब ५ हजार  किलोलिटर पेट्रोल, ८ हजार ५०० किलोलिटर डिजेल र एक लाख २० हजार सिलिन्डर एलपी ग्याँस खपत हुने गरेको निगमको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ चैत्र २०७८, शुक्रबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।