जीवन विकास लघुवित्तको लाभांश अनुमोदन, दुई सञ्चालक चयन

0
Shares

जीवन विकास लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजीको ७३ प्रतिशत लाभांश अनुमोदन भएको छ ।

चैत्र २५ गते शुक्रबार संस्थाका अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षता सम्पन्न तेश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०७७/७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशतले हुन आउने ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर तथा ३.६८ प्रतिशतले हुन आउने २ करोड २४ लाख १४ हजार ७३६ रुपैयाँ ८४ पैसा नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित भएको हो ।

यस्तै सभाले वित्तीय संस्थाको जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँबाट वृद्धि गरी १ अर्ब ३ करोड ४२ लाख ८० हजार पु¥याउने प्रस्तावका साथै वित्तीय संस्थाको अधिकृत पूँजी २ अर्ब बनाउन प्रबन्धपत्र संसोधनको प्रस्ताव समेत स्वीकृत भएको छ । साधारण सभामा प्रस्तुत भएका बाँकी सम्पुर्ण प्रस्तावहरु सर्व सम्मत पारित भएका छन् ।

सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट गोकर्ण खतिवडा र अशोक सिटौलालाई सञ्चालकको रुपमा चयन गरेको छ । सञ्चालकको चयन निर्वाचन प्रक्रियाबाट भएको हो । उक्त सभाबाट सर्व साधारण सेयरधनीहरु मध्येबाट २ जना सञ्चालक चयन हुनुपर्नेमा तीन जनाको उम्मेदवारी रहेको थियो । २ जना सञ्चालक छनौटका लागि भएको निर्वाचनमा जम्मा १ लाख २६ हजार २६ मत खसेकोमा १३९ मत बदर भएको थियो । जसमा गोकर्ण खतिवडाले ६७ हजार ४४७ मत, अशोक सिटौलाले ५३ हजार ९०३ मत र ज्ञान बहादुर पौडेल (ज्ञानेन्द्र) ले ४ हजार ५३७ मत प्राप्त गरेका थिए । उच्च मत पाउने खतिवडा र सिटौला निर्वाचित भई सर्वसाधारणको तर्फबाट सञ्चालकको रुपमा चयन भएका हुन् ।

कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मिरा देव विशिष्ट अतिथी तथा अन्य विभिन्न संघ संस्था एवं निकायका प्रतिनिधिहरु अतिथीको रुपमा आमन्त्रीत थिए । सभालाई स्वागत तथा कार्यक्रमबारे जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले गरेका थिए । नव नियुक्त सञ्चालकहरुलाई वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुवेदीले प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण गराएका थिए ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ चैत्र २०७८, आइतबार  १६ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।