प्रि-ओपनिङ्ग हरियाली, नेप्से साढे ७ अंकले बढ्यो

0
Shares

साताको दाेस्रो कारोबार दिन साेमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ७.४५ अंकले बढेर हरियाली छाएको छ ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका २० कम्पनी मध्ये १६ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।

यस अवधिमा २० कम्पनी ८ हजार ८८ कित्ता सेयर ३६ लाख १० हजार ४०९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज २० कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने कुनैपनि कम्पनीको सेयरमूल्य घटेको छैन । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

नेप्से ७.४५ अंकले बढेसँगै सूचक २ हजार ४७१ दशमलव ८१ बिन्दुमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।