उपकार लघुवित्तको आईपीओमा उच्च आकर्षण: १६ लाख बढीले भरे, ८४ गुणा बढी माग

0
Shares

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओमा सोमबार बिहान १० बजेसम्म १६ लाख २९ हजार ७६९ वटा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार चैत २८ गते सोमबार बिहान १०.१० बजेसम्म १६ लाख २९ हजार ७६९ आवेदनबाट १ अर्ब ८६ करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख ५४ हजार २६० कित्ता सेयर माग भएको हो ।

लघुवित्तले सर्वसाधारणबाट २ लाख २१ हजार १५६ कित्ता खरीदका लागि दरखास्त मागेकोमा ८४.३५ गुणा बढी आवेदन परेको हो । कम्पनीको आईपीओ मंगलबार कार्यालय समयपछि बन्द हुँदैछ ।

लघुवित्तले चैत २५ गतेबाट जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत सेयर बजारी गरेको हो । जसअनुसार लघुवित्तले १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ जारी गरेको हो । निष्काशित सेयरमध्ये ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि र ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था छ । मेरो सेयर एप, मेरो सेयर वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत चैत २९ गतेसम्म आईपीओ भर्न सकिनेछ । उपकार लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

गोलाप्रथाबाट हुने आईपीओ बाँडफाँडमा भाग्यमानी २२ हजार ११५ जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् । यस्तै १० कित्ताका दरले सेयर पाउनेमध्येबाट पुनः ६ जनाले थप १–१ कित्ता गरी ११ कित्ताका दरले सेयर पाउनेछन् । नेपाल धितोपत्र बोर्डले उपकार लघुवित्तलाई चैत ७ गते आईपीओलाई निष्कासन अनुमति दिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार  १३ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।