मुलुकको सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब पुग्यो, एक वर्षमा २६५ अर्बले बढ्यो

0
Shares

चालु आर्थिक वर्षको चैत २८ गतेसम्म मुलुकको सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो एक वर्ष अवधिमा यस्तो ऋण ६.१० प्रतिशत अर्थात २ खर्ब ६५ अर्ब रुपैयाँ बढीले बढेको हो ।

देशको अर्थतन्त्रको बर्तमान अवस्थाबारे जानकारी दिने उदेश्यले अर्थमन्त्री जनार्दन शर्माले सोमबार अपराह्न ४ बजे बोलाएको पत्रकार सम्मेलनमा उनले देशको कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको जानकारी दिएका हुन् ।

यो ऋण गत आर्थिक वर्षमा कायम भएको कुल ग्राहस्थ उत्पादनको ४३.४० प्रतिशत रहेको उनले बताए । अर्थमन्त्री शर्माले हालसम्म ७० अर्ब १६ करोड रुपैयाँ बराबरको वैदेशिक ऋणको साँवा तथा ब्यज भुक्तानी भएको तथा चालु आर्थिक वर्षभित्र थव ४० अर्ब भुक्तानी गर्नुपर्ने उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७७।७८ को आर्थिक सर्वेक्षणले २०७७ फागुन मसान्तसम्म मुलुकको खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको थियो । उक्त समयमा सोही अवधिको कुल गार्हस्थ्य उत्पादनको ३७.३० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा ६.१० प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षमा २३९ रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएकोमा चैत २८ गतेसम्म सरकारले १०५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ । यसैगरी यस अवधिमा ११६ अर्ब बाह्य ऋण लिएको सरकारले १३ अर्ब ८८ करोड रुपैयाँ वैदेशिक अनुदान पाएको छ । यसरी कुल १२९ अर्ब वैदेशिक ऋण तथा अनुदान परिचालन गरिएको उनले जानकारी दिए ।

यसैगरी फागुन मसान्तसम्म सरकारले ३३ अर्ब ३८ करोड रुपैयाँ वैदेशिक प्रतिबद्धता प्राप्त गरेको छ भने लगानी बोर्डबाट ८२ अर्ब बराबरको वैदेशिक लगानीका लागि स्वीकृति प्रदान गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार  १७ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।