
बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट १ लाख ६६ हजार ४३२ जनाले १० कित्ता र ३ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन् । कम्पनीको आईपीओको बाँडफाँडका लागि लक्की बल नम्बर ९ र ५ छनोट भएको थियाे ।
उच्च मागका कारण कम्पनीको आईपीओमा आवेदन गरेका ९२ प्रतिशतले भने सेयर पाउन सकेनन् । क्यापिटलका अनुसार आईपीओमा २१ लाख ७१ हजार ७४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भई २१ लाख ६८ हजार १०० जना आवेदकलाई बाँडफाँडमा सहभागि गराइएको थियो । आवेदन दिएकामध्ये कुल २० लाख ५ हजार ३९५ जना आवेदक हात खाली भएको छ । जुन कुल आवेदकको ९२.३४ प्रतिशत हो ।
बलेफी हाइड्रोपावरको आईपीओ १०० मा ९२ जनाले पाएनन्, २० लाख ५ हजारको हात खाली
आईपीओ बाँडफाँडको नतिजा केही समयपछि प्रकाशन गरिने बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । नतिजा प्रकाशन भएपछि निम्न ४ स्थानबाट हेर्न सकिने क्यापिटलले जानकारी दिएको छ । केहि घण्टामा आईपीओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ । मेरो सेयरको एप्लीकेशन रिर्पोटमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुनेछ ।
बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी ३ जनाले पाए ११ कित्ता

१. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडीएससी) ले आईपीओको नतिजा हेर्नकै लागि सञ्चालन गरेको वेबसाइट
२. बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट
३. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको वेबसाइट आईपीओ एप्लिकेसन रिपोर्टमा
४. धितोपत्र निष्काशक कम्पनी बलेफी हाइड्रोपावर वेबसाइट
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गाविसहरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया