स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँ सहित चार पक्राउ

0
Shares

नेपाल प्रहरीले स्रोत नखुलेको ३ लाख बढी भारतीय रकम सहित सोमबार दिउँसो चार जनालाई नियन्त्रणमा लिएको छ ।

मोरङ जिल्लाको बिराटनगर महानगरपालिका–१५ रानी सिमाबाट स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित ४ जानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा सुनसरी बर्जु गाउँपालिका–१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेका छन् ।

सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त स्रोत नखुलेको भारतीय रुपैँया सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार  १५ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।