नेप्सेमा निरन्तरको गिरावटले कारोबार डेढ अर्बमा खुम्चियो, सूचक २४ सय मुनी झर्‍याे

0
Shares

सूचीकृत कम्पनीहरुको सेयरमूल्यमा निरन्तर गिरावट आएपछि दैनिक कारोबार रकममा समेत उच्च गिरावट आएको छ । पछिल्लो एक महिनाको अवधिमा दैनिक कारोबार रकम अर्बसम्म घटेको हो ।

फागुन २९ दैनिक ४ अर्ब ८७ करोडको सेयरकारोबार भएकोमा चैत २९ गते आइपुग्दा कारोबार रकम १ अर्ब ५२ करोडमा खुम्चिएको हो ।

लगानी गरेका सबै स्क्रिप्टमा नोक्सानी भएपछि लगानीकर्ताले सेयर बजारमा दैनिक कारोबारमा निष्कृय हुँदै जान थालेका हुन् । जसका कारण दैनिक कारोबार संख्या समेत ६४ हजारबाट घटेर ३४ हजारमा खुम्चिएको छ । कारोबारमा आउने सेयरसंख्या पनि दैनिक एक करोड माथि रहेकोमा ३८ लाख कित्तामा संकुचित बनेको छ ।

साताको तेस्रो दिन मंगलबा नेप्से सूचक १.४४ प्रतिशत अर्थात ३४.७९ अंकले घटेर २३८५ दशमलव ०१ बिन्दुमा झरेको छ । नेप्से परिसूचक ले घटेको हो । यस्तै ठूला कम्पनीको कारोबार मापम सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.७६ अंकले घटेर ४४९.१२ विन्दुमा झरेको छ ।
यसदिन कूल २३७ वटा कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता सेयर ३१ ह्जार ३७६ वटा संख्यामा खरिदबिक्री हुँदा कारोबार रकम १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

दोहोरो अंकको गिरावट आएर होटल बाहेक सबै उपसमुहगत सूचक ऋणात्मक रहेको बजारमा हिमालयन डिष्टिलरी कम्पनी कारोबारमा अब्बल देखिएको छ । नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेर बढेको बजारमा इमर्जिङ्ग नेपाल लिमिटेड र न्यादी हाइड्रोपावरको सेयरमूल्य ६ प्रतिशत बढीले घटेको छ ।

आज अन्य, फाइनान्स, निर्जीवन बीमा र लगानी सूचक २ प्रतिशतले घटेको छ भने ब्यापार, विकास बैंक, जलविद्युत, उत्पादन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्डको सूचक १ प्रतिशतले घटेको छ । होटल सूचक ०.१० प्रतिशतले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटेल र पर्यटन समूह बढेको छ भने बाँकी १२ ओटा उपसमूह घटेका छन् । मंगलबार सबैभन्दा धेरै अन्य समूह घटेको छ ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ५७ रुपैयाँ पुगेको छ । इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य ६.५९ प्रतिशतले घटेर ९३५ रुपैयाँमा झरेको छ ।

आज हिमालयन डिष्टिलरी लिमिटेडको सर्वाधिक ५ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । नबिल बैंक, शिवम् सिमेन्टस्, निफ्रा, अरुण भ्याली हाइड्रोपावर, एनआईसी एशिया बैंक, नेपाल लाइफ, नेपाल बैंक, अपर तामाकोशी र नेपाल रि इन्स्यारेन्सको शीर्ष दश ठूलो कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार  १५ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।