सन् २०२२ मा विश्व व्यापार वृद्धिदर खुम्चिने डब्लूटीओको प्रक्षेपण

0
Shares

विश्व व्यापार संगठन (डब्लूटीओ) ले सन् २०२२ को विश्वव्यापी व्यापार वृद्धिदर ३–४.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । रुस–युक्रेन युद्धका कारण व्यापार घटेको कारण जनाउँदै डब्लुटीओले व्यापार वृद्धिदर कम प्रक्षेपण गरेको हो ।

डब्लुटीओका महा–निर्देशक न्गोजी ओकोन्जो वीवालाले प्रेस विज्ञप्ति जारी गर्दै रुस–युक्रेन युद्धले युक्रेनको सीमाक्षेत्रमा मात्रै नभई विश्वभर प्रभाव पारेको बताएका छन् ।

कोभिड–१९ महामारीबाट पूर्ण रुपमा रिकर्भर हुन नपाउँदै रुस र युक्रेनबीचको युद्धले आपूर्ति श्रृङखलामा अवरोध सिर्जना गर्नुका साथै मुद्रास्फीति दर वृद्धि गर्दा व्यापारमा अपेक्षित फाइदा हुन नसकेको न्गोजीले जानकारी दिएका छन् ।

स्वीजरल्यानडको जेनेभा स्थित एक संगठनले युद्धको अनिश्चतता बताउँदै सन् २०२३ को व्यापार वृद्धि दर ३.४ प्रतिशत प्रक्षेपण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

 

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार  १७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।