अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चपडाही निम्न माध्यमिक विद्यालयको तत्कालिन प्रअसहित ३ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
जिल्ला शिक्षा कार्यालय सुनसरीको लेटरप्याड, छाप र दस्तखत कीर्ते गरेर बैंकको दस्तखत नमुना कार्ड परिवर्तन गरेको आरोपमा आयोगले श्री प्राथमिक विद्यालय नरसिंह –५ सुनसरीका पूर्व प्रधानाध्यापक सिद्धिनाथ लाल दासविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले महावीर प्राथमिक विद्यालय, वविया गाउँ विकास समिति वडा नम्वर –९ सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक मनोज कुमार चौधरी र तारणी प्रसाद खतिवडा बिरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
उनीहरुले चपडाही निम्न माध्यमिक विद्यालयको नाममा रहेको वाणिज्य बैंकको दस्तखत नमुना कार्ड परिवर्तन गरेर ५ लाख ६० हजार निकालेर हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो ।
आरोपी तारणी प्रसाद खतिवडा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, इनरुवा शाखाका तत्कालिन सहायक प्रबन्धक हुन् । हाल उनी निलम्बनमा छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया