वर्ष २०७८ को अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली

0
Shares

२०७८ को अन्तिम कारोबार दिन नेप्समा हरियाली छाएको छ । लगातार घट्ने क्रममा रहेको नेप्से चैत ३० गते, बुधबार ३०।२४ अंकले बढेर २४१५।२४ विन्दुमा उक्लिएको छ।

नेप्सेका अनुसार २२९ कम्पनीको १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको हो। सोमबार १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको थियो।

साताको अन्तिम कारोबार दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबारको कारोबारमा नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यसैगरी, आरएमडिसी लघुवित्तको ९ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सेयर मूल्य घट्ने युनाइटेड इदी मार्दीको २ प्रतिशत घटेको छ। नयाँ सारथी लघुवित्तको करिब २ प्रतिशतले घटेको छ ।

यस दिन शिवम सिमेन्ट सबैभन्दा धेरै ८ करोड ४३ लाख ३४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। अरुण भ्याली हाइड्रोको ५ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३० चैत्र २०७८, बुधबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।