
नेपालीहरुको घरआँगनमा २०७८ साल विदा भएर २०७९ सालको आगमन भएको छ । नयाँ वर्षले सम्पूर्ण नेपालीहरुमा नयाँ आशा, उत्साह, उमङ्ग र संकल्प भरिदिएको छ ।
वि.सं. २०७८ सालमा अधुरा रहेका सपना, संकल्प र योजना पूरा गर्न नयाँ वर्ष विशेष रुपमा सफल रहनेछ । सर्वप्रथम नोटबजार डटकम प्रालिका तर्फबाट हाम्रा पाठक वर्ग, विज्ञापनदाता, कर्मचारी, लेखक, स्तम्भकार, सहकर्मी, शुभेच्छुक एवं सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
यो नयाँ वर्षमा हाम्रा समस्त पाठक वर्ग, विज्ञापनदाता र शुभेच्छुकहरुमा निरन्तर सहकार्य र नयाँ–नयाँ सामग्री प्रकाशित गर्ने प्रतीज्ञा गर्दछौं । सधैं नकारात्मक समाचार र सामग्री प्रकाशन गरेर समाजमा निराशा बाँड्नुभन्दा आशावादिताको सम्प्रेषण गर्नु हामीले आफ्नो प्रमुख जिम्मेवारी ठानेका छौं । देश, अर्थतन्त्र तथा समाजभित्र हुने गतल अभ्यासलाई खबरदारी गर्दै सत्यको उजागर गरी समाजलाई सकारात्मक दिशामा अघि बढाउने दायित्व पनि हाम्रो छ । यो दायित्व हामीले गर्दै अर्थतन्त्र, उद्याेगपतिका समस्या तथा सकारका वेवस्ता आदीहरु विषयहरूलाई प्रमुख स्थान दिएर सूचना संप्रेषण मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणको उदेश्य नै हाम्रो हुनेछ । यसकाे गम्भिरतापूर्वक बहन गर्नेछौं ।
विसं २०७८ साल मूलतः मिश्रित रह्यो । आर्थिक दृष्टिले गत आर्थिक वर्षमा त्यति सुखद रहेन, तरलता संकटका कारण अन्तिम तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ठप्प प्रायः रह्यो । उच्च आयातका कारण मुलुकको ब्यापार घाटा पनि बढ्यो । गत आर्थिक वर्षमा नै सरकारको सल्लाहाकार समेत रहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गर्यो । बढ्दो सार्वजनिक ऋण, मूल्यवृद्धि, र औधिकि वातावरणका हिसाबमा पनि गत वर्ष त्यति उत्साहप्रद रहेन ।
राजनीतिक स्थिरता, विकास र समृद्धिका ठूला योजनाको जग बसाउने दृष्टिले पनि २०७८ सामान्य नै रह्यो । अघिल्लो वर्ष विकास, समृद्धि, सुशासनका दृष्टिले मध्यम वर्ष रह्यो । वैदेशिक रोजगारीलाई मर्यादित बनाउन, जलविद्युतमा जनताको सहभागिता सुनिश्चित गर्न, राष्ट्रिय अर्थतन्त्रलाई स्थिर राख्न अघिल्लो वर्षले खेलेको भूमिका विशेष स्मरणीय छ ।
नोटबजार डटकम आर्थिक समाचार, सूचना, विश्लेषण, विचार, बहस, अनुसन्धान र ज्ञानविज्ञानका क्षेत्रमा सार्थक बहसका लागि सञ्चालनमा आएको हो । तीन वर्षको अवधिमा हामीले जुन प्रयत्न गरेका छौं, त्यो पूर्ण छैन । तर, हामी आशावादी छौं । तीन वर्षको अवधिमा हाम्रा पाठक वर्ग, विज्ञापनदाता, कर्मचारी, लेखक, स्तम्भकार, सहकर्मी, शुभेच्छुहरुको जुन सहयोग, साथ र सद्भाव व्यक्त गर्नुभयो, त्यसले हामीलाई थप उत्साहित बनाएको छ । उहाँहरुका आलोचना, टिप्पणी र सुझाव हाम्रा लागि अमूल्य सम्पत्तिका रुपमा सुरक्षित राखेका छौं ।
अन्त्यमा, हाम्रा पाठक, विज्ञापनदाता एवं शुभेच्छुकहरुमा नयाँ वर्ष २०७९ को सुखद उपलक्ष्यमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथै विगत वर्षजस्तै यहाँहरुको अमूल्य साथ, सहयोग, सदभाव र समीक्षाको अपेक्षा गर्दछौं, धन्यवाद ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया