सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । लघुवित्तले वैशाख २ गतेदेखि आईपीओ विक्री खुला गरेको थियो । 
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकोले छिटो अवधिमै विक्री बन्द हुन लागेको हो । कम्पनीको आईपीओमा सोमबारसम्म माग भन्दा ५७ गुणा बढी आवेदन परिसकेको छ ।
कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ विक्री खुला गरेको हो । जसमध्ये १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषको लागि, ६ हजार २ कित्ता कर्मचारीहरुको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदकले सि आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।
लघुवित्तको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया