उपकार लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) वैशाख ९ गते शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार क्यापिटलको कार्यालय हात्तिसार काठमाडौंमा शुक्रबार बिहान ८ बजे आइपीओ बाँडफााड गरिने मिति निर्धारण गरिएको छ ।
उच्च आवेदनका कारण उपकार लघुत्तको आईपीओ एक सय जनामध्ये ९९ जनाले सेयर नपाउने तथ्याङ्क देखिएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराएको अन्तिम तथ्याङ्कका आधारमा उपलब्ध सेयर संख्या र आवेदक हेर्दा एक सय जनामा जम्मा १ जनाले मात्र सेयर पाउनेछन् । आईपीओ हात पार्न भाग्यकै भरपर्नुपर्नेछ ।
सिडिएससीका अनुसार अन्तिम दिनसम्म लघुवित्तको आईपीओमा देखिएको उच्च आकर्षणका कारण अन्तिम दिन बुधबारसम्ममा २४ लाख ३१ हजार १७० वटा आवेदन परेको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम लघुवित्तको आईपीओ २२ हजार ११५ जनाले मात्रै पाउनेछन् । यो व्यवस्थाबाट २२ हजार ११५ जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा २ लाख २१ हजार १५० कित्ता सेयर सकिनेछ ।
सर्वसाधारणमा बाँकी रहेको ६ कित्ता सेयर भाग्यशाली ६ जना आवेदकलाई थप १/१ कित्ताका दरले पाउनेछन् । प्रशोधन नभएको तथ्याङ्कका आधारमा आईपीओमा २४ लाख ९ हजार ५५ जनाको हात खाली हुनेछ ।
लघुवित्तको सेयर खरीदका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको माग भएको छ । जुन लघुवित्तले सर्वासाधारणबाट माग गरेको २ लाख २१ हजार १५६ कित्ताको १२४.६४ गुणा बढी हो ।
उपकार लघुवित्त कम्पनीले चैत २५ गतेबाट ३० गतेसम्म जारी पूँजीको ३६ प्रतिशत बराबरको २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबारको २ लाख ६६ हजार २५० कित्ता सेयर निष्काशन गरेको थियो ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडले रहेको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्तको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ । इक्रा नेपालले २०७८ असार ९ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ असार ७ गतेसम्म बाहल रहनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया