बिन्ध्यवासिनी हाइड्रोको आईपीओमा आवेदन खुल्यो

0
Shares

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइतबारबाट आयोजना प्रभावित बासिन्दाका लागि साधारण सेयर जारी गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई १० करोड बराबरको सेयर जारी गरेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर प्रभावित बासिन्दालाई आईपीओ बिक्री गर्न लागेको हो । उक्त सेयरका लागि स्थानीयले बैशाख २५ गतेसम्म आवेदन दिन सकिनेछ । स्थानीयले कम्तिमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

एक अर्ब जारी पूँजी भएको कम्पनीले १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर स्थानीयलाई विक्री गर्नेछ । स्थानीयलाई सेयर बिक्री गरेपछि कम्पनीले आम सर्वसाधारणलाई सेयर बिक्री गर्ने छ। कम्पनीले सर्वसाधारणलाई १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर बिक्री गर्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा कम्पनीले दुई वटा क्यासेट प्रोजेक्ट निर्माण गरेकोमा ८.८ मेगावाट क्षमताको रुदी खोला ’ए’ को निर्माण कार्य सकिसकेको छ भने ६.६ मेगावाट क्षमताको रुदी खोला ’बि’ जलविद्युत आयोजनाको निर्माण कार्य भैरहेको छ ।

आयोजनमा सानिमा बैंकको नेतृत्वमा पाँचवटा बैँकको ७० प्रतिशत र प्रवद्र्धकको तर्फबाट ३० प्रतिशत लगानी जुटाइएको छ ।

३१ मार्च २०१६ बाट निर्माण सुरु भएको यो आयोजनाबाट १५ सेप्टेम्बर २०१७ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो । तर, भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण निर्माणमा केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार  ०९ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।