सुन तोलाको ४०० रुपैयाँले घटेर कारोबार हुँदै, चाँदीको भाउ स्थीर

0
Shares

पहेँलो धातु सुनको भाउ नेपाली बजारमा आइतबार तोला ४०० रुपैयाँले सस्तिएर कारोबार भैरहेको छ । शुक्रबार सुनको भाउ स्थीर रहेर बिहीबारकै कारोबार भाउमा किनबेच भएको थियो । बिहीबार भने सुन तोलामा ३०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ तोलाको १ लाख ५०० रुपैयाँ, र तेजावी सुनको १ लाख रुपैयाँमा निर्धारण गरिएको छ ।

शुक्रबार छापावाल सुन तोलाको १ लाख ९०० रुपैयाँ, र तेजावी सुनको १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ घटेपनि आइतबार चाँदीको भाउ भने स्थीर रहेको छ । चाँदी तोलाको १ हजार ३६० रुपैयाँ कारोबार भैरहेको छ । शुक्रबार भने चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा नै कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९३२ र चाँदी प्रतिऔंस २४ दशमलव १४ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।