चुनावी प्रकृया सुरु भएपछि चम्कियो सेयर बजार

0
Shares

बैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको कार्यक्रमअनुसार यही वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्य सुरु भएपछि सेयर बजारमा गुल्जार छाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको बताएका छन् । यस्तै ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले जनाएको छ । चुनावी सरगर्मी बढेसँगै घटेर २२८७ अंकबाट फर्किएको बजार सूचक आइतबार बढेर २४२१ अंकमा पुगेको छ ।

नेप्सेका अनुसार सूचक ९५.४६ अंकले बढेर २४२०.९१ बिन्दुमा पुगेको छ । यसदिन २३८ कम्पनीका ६६ लाख ३९ हजार कित्ता सेयर २ अर्ब ५३ कारोड १२ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कारोबारमा आएका सबै उपसमुहगत सूचकमा हरियाली छाएको छ । यसदिन दश कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दा थप २६ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैैले बढेको छ ।

उता नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४को मूल्य ९.८९ प्रतिशत तथा नेष्डो समृद्ध लघुवित्त, लक्ष्मी बैंक डिबेञ्चर २०८६को २ प्रतिशत धेरै र सानिमा इक्वीटी फण्डको इकाईमूल्य ०.५७ प्रतिशतले घटेको छ ।

आज सानिमा बैंक लिमिटेडको संस्थापक सबैभन्दा धेरै २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शिवम् सिमेन्टस्, अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्टिलरी र नेपाल लाइफको शीर्ष पाँच ठूलो कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार  १५ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।