सवा दुई अर्बको ऋणपत्र निष्कासन गर्दै सेञ्चुरी बैंक

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख इकाइ जारी गर्नेछ ।

बैंकले १०.५० प्रतिशत ब्याजदर प्रदान गर्नेगरी दश वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

ऋणपत्र निष्काशन गर्न बैंकले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट चैत २९ गते अनुमति पाएको थियो । निष्काशन अनुमति पाएको २ महिनाभित्र ऋणपत्र जारी गरिसक्नुपर्ने व्यवस्था छ ।

सेञ्चुरी भएको ऋणपत्र निष्कासन गर्नेछ। जसमध्ये १३ लाख २० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने ८ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

बैंकको ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार  ०८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।