सुन चाँदी दुबैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

नेपाली बजारमा सोमबार पहेँलो धातु सुन तथा चाँदी दुबैको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउमा १० रुपैयाँ घटेको हो ।

सुनको भाउ सोमबार तोलामा ३०० रुपैयाँले सस्तिएर कारोबार भैरहेको छ । आजको लागि छापावाल सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँ, र तेजावी सुनको ९९ हजार ७०० रुपैयाँमा निर्धारण गरिएको छ ।

नेपाली बजारमा आइतबार सुन तोलाको ४०० रुपैयाँले सस्तिएर कारोबार भएको थियो । आइतबार छापावाल सुन तोलाको १ लाख ५०० रुपैयाँ र तेजावी सुनको १ लाख रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै सोमबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलाको १ हजार ३५० रुपैयाँ कारोबार भैरहेको छ । आइतबार भने चाँदीको भाउ स्थीर रहेर तोलामा १ हजार ३६० रुपैयाँमा नै कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९१७ र चाँदी प्रतिऔंस २३ दशमलव ७७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।