उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्काशन ( आईपीओ) अधिकतम १२११.७३ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ ।
कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई आधार मान्दा नेप्सेले दिने ओपनिङ्ग रेञ्जको आधारमा उक्त तथ्याङ्क देखिएको हो ।
लघुवित्तको संस्थाको आर्थिक वर्ष २०७७।७८ को लेखापरिक्षण भएको वित्तीय विवतरणका आधारमा लघुवित्तको वार्षिक प्रतिसेयर नेटवर्थ ४०३.९१ रूपैयाँ रहेको छ ।

नेप्सेले हरेक कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थलाई आधार मानेर नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणासम्म अधिकतम ओपनिङ रेञ्ज तोक्ने गरेको छ । यसआधारमा कम्पनीले न्यूनतम ४०३.११ रूपैयाँ पैसादेखि अधिकतम १२११.७३ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्नेछ । यो आधारमा कम्पनीको सेयर ४०३ रुपैयाँदेखि १२११ रुपैयाँसम्म जुनसुकै मूल्यमा पनि कारोबार खुला हुन सक्नेछ ।
लघुवित्तले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । उक्त सेयरमध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर २ लाख २१ हजार १५६ कित्ता सेयर वैशाख ९ गते शुक्रबार बाँडफाँड सम्पन्न भएको थियो ।
कुल जारी सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया