नेपाल सुनचाँदी ब्यवसायी महासंघले देश निर्वाचनको माहौलमा होमिएको बेला चोरी र लुटपाटका घटना बढ्न थालेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
यही बैशाख १२ गते सोमबार राती बुटवल उप–महानगर पालिकाको मध्यबजार अमरपथ विपि चोक वडा नं ६ स्थित दिलवहादुर सुनारको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल चोरी भएकोमा गंभिर चासो ब्यक्त गर्दै पुनः यस किसिमका घटना दोहोरिन नदिन गृह प्रशासनसँग माग समेत गरेको छ ।
कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल छेवैको गल्लीबीचको सटर भाडामा लिई फेन्सी पसल सञ्चालन गर्दै आएका व्यक्तिले सो पसलको ताला तोडी त्यहाँ रहेको सुनचाँदीका गरगहना चोरी गरेको महासंघले बताएको छ ।
पिडितका अनुसार सो पसलवाट पाँच करोड बराबरको धनमाल चोरी भएको छ । गरगहना चोरी गरी फरार रहेका ब्यक्तिको खोजीगरी कारवाही गर्न महासंघ जोडदार माग गरेको छ ।
सुनचाँदी ब्यवसाय आफैंमा संवेदनशील ब्यवसाय हो । यस ब्यवसायको क्षेत्रमा बारम्वार चोरी, डकैती र लुटपाटका घटना हुने गरेको छ । हाल मुलुक नै निर्वाचनको माहौलमा होमिएका बेला चोरी र लुटपाटका घटनाहरु झनै बढ्न सक्ने भएकोले यसतर्फ थप सचेत हुन र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सम्वद्ध निकायसँग महासंघ जोडदार माग गर्दछ । महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया