
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्याम कुमार कटुवाल नियुक्त भएका छन् ।
लघुवित्त कम्पनीको वैशाख १३ गते मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले कटुवालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई वैशाख १४ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि नियुक्त गरिएको हो ।
नव नियुक्त सीईओ कटुवालले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । सञ्चालक समितिका अध्यक्ष धन बहादुर बरुवालले अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा कटुवाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
अर्थमन्त्री शर्माले नेपाल सरकारको समेत स्वामित्व रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले विपन्न वर्गका जनताको आय आर्जन वृद्धि, स्व–रोजगार सिर्जना र गरीबी न्यूनीकरणका लागि लघुवित्त क्षेत्रमा अग्रणी भूमिका खेल्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
कटुवाल डेढ वर्षदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । उनले अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । बैंकिङ र लघुवित्त क्षेत्रमा करीब २८ वर्षभन्दा बढीको कार्यानुभव रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया