शाइन रेसुङ्गाको ४६ हजार संस्थापक सेयर बिक्रीमा

0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ४५ हजार ९९१ कित्ता संस्थापक सेयरको बिक्री खुला गरको छ ।

बैंकले बुधबारदेखि बिक्रीमा ल्याएको उक्त सेयर संस्थापक सेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउनेछन् ।

उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १८५ रुपैयाँ तोकिएको छ । आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था छ ।

सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

उक्त सेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले वैशाख २२ गते कार्यालय समयभित्र एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाण्डौंमा आवेदन दिनुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार  १६ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।